Wednesday, 26th August, 2026
वि.स.

लालपुर्जा हातमा, खेतका ग्रेबलजति क्रसरमा

आफ्नो जग्गाको ग्रेवल, गिटी बालुवा क्रसर उद्योगमा ओसारिएको प्रति मनहरी गाउँपालिका ३ भुन्द्रुङका किसानहरु आन्दोलित भएका छन् । 

हेटौँडा उपमहानगरपालिका वडा नं १९ स्थित जयलक्ष्मी क्रसर उद्योगमा आफ्ना खेत रहेको राप्तीकिनारबाट ग्रेवल लगिएको उनीहरुले बताएका छन् । १५ दिनदेखि निरन्तर रुपमा ग्रेवल ओसारिएपछि किसानहरुले सोमबार अमिन मगाएर जग्गा नापेका थिए । तर, जग्गा नाप्न थालेपछि बिचौलियाहरुले अमिनलाई धम्क्याउने र स्थानीय किसानहरुलाई समेत ठिक पार्ने धम्की दिएपछि अमिन समेत भागेको बताइएको छ । 

किसानहरुका अनुसार २०० बिगाह जति क्षेत्र बगरको लालपुर्जा उनीहरुसँग छ । तर थाहै नदिई जिल्ला समन्वय समितिले क्रसरहरुलाई उत्खनन् गर्न अनुमति दिएकाले आन्दोलित हुनुपरेको किसानहरुले बताए । उनीहरुले आफ्ना खेतमा भइरहेको उत्खनन् बन्द गर्न र उत्खनन् भएका ग्रेवलबापतको क्षतिपूर्ति माग गर्दै जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने बताएका छन् । उत्खनन्मा अबरोध पु¥याएको भन्दै बिचौलियाहरुले भुन्द्रुङ संरक्षण समितिका पदाधिकारीहरुलाई समेत धम्क्याएको बताइएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif