nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लालपुर्जा र बिकास माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

PM-Prachanda-Gyapan-Patra-1475369998.JPG

नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१/३२ मा नापी भएपनि हालसम्म लालपुर्जा नपाउँदा भुकम्प पीडितले पाउने राहत सम्झौता समेत नभएकोमा टोलीले गुनासो गरेको थियो । भुमीहिन, सुकुम्बासीहरुको व्यबस्थापन तत्काल गर्नुपर्ने, जनताले प्रत्यक्ष अनुभुती हुने गरि सडक, पुल, खानेपानी, कृषी, बिद्युत लगाएत विकास निर्माण कार्य तत्काल शुरु गर्न ज्ञापन पत्र मार्फत् माग गरेको टोलीमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य कमान सिं पाख्रिन ‘पृथक’ले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागलाई सम्बोधन गर्न तत्काल प्रकृया अघि बढाउन निर्देशन दिनु भएको बताईएको छ । प्रतिनिधी मण्डलमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’, जिल्ला संयोजक प्रेमबहादुर पुलामी, साँसद रामनारायण बिडारी, केन्द्रिय सदस्यहरु बलराम बल, भिम पाख्रिन, बिवेक राई, प्रमिला लामा (पुलामी) लगाएतको सहभागिता रहेको थियो ।