Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लकडाउन पालना र सीमामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

pm-1588494834.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

‘अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन। हामीले संक्रमण शुन्यमा झार्ने पनि लकडाउन पालना गरेरै हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले सेतोपाटीसँग भने।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न पनि निर्देशन दिएका छन्।

अहिले नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने कुरा आएको छ। दुबै देशका समकक्षी अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गर्न निर्देशन दिनुभयो,’ ती मन्त्रीले भने।

सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०