Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राहतमा राजनीति भएकै हो त ?

Rahat-fanda-copy-1587751553.jpg

कोरोना भाइरसले विश्वलाई नै तर्साएको छ । कोरोना भन्ने वित्तिकै सबै आत्तिएका छन् । शक्तिमा रहेको राष्ट्र होस् वा व्यक्ति, झुप्रोमा बस्ने नै किन नहोस् यसको त्रासबाट अछुतो छैनन् । मुलुकमा १३ चैतबाट लकडाउन भयो । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भनेर लकडाउन गरेको जनाएको छ । 

महामारीलाई रोक्नका लागि गरिएको लडडाउनको आडमा राहतको एजेण्डा हिट हुन थाल्यो । संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारलाई समेत राहतको ह्वीम्ले छोडेन । स्थानीय तहहरुले आफ्नो मापदण्ड बनाएर राहत प्याकजे घोषणा गरेका छन् भने कतितपयले निर्णयको आधारमा राहत बँडेका छन् । 

संघीय, प्रदेश र स्थानीय सरकारले दैनिक गुजारा चलाउन नसक्नेहरुलाई राहत बाँड्दा एकद्वार नीति अपनाउन भनेको छ । कार्यविधिमै यो कुरा उल्लेख छ । कार्यविधिमा समेटिएको कुरा कानूनी कुरा हो । यसको उलंघन कसैले गर्नुहुन्न । कानूनमा भएको कुरा मलाई थाहा थिएन भन्न पाइने व्यवस्था अहिलेसम्मै कहिँकतै छैन । कानून उलंघन भएपछि कशुर बमोजिमको सजाय भोग्नै पर्छ । 

मकवानपुरको थाहा नगरपालिकाले पनि राहत वितरण गरिरहेको छ । राहत वितरण सम्बन्धी कार्यविधिमा उल्लेख भएको मापदण्ड पूरा गरेका व्यक्तिको विवरण वडाले नगरमा पठाउँछ । नगरस्तरीय समितिको निर्णयमा राहत प्याकेज गरी वितरणका लागि वडामै पठाउने व्यवस्था छ । र, वडाले लाभग्राही समक्ष भरपाई गरेर राहत वितरण गर्दछ । 

के मास्क र साबुन राहत हो ? 

मकवानपुर थाहा नगरपालिकाको राहत वितरण सम्बन्धी कार्यविधिमा तोकिएको मापदण्ड विपरित रहात बाँड्न नपाइने व्यवस्था छ । राहत दिनूपर्ने व्यक्तिको विवरण वडाबाट सिफारिस भई नगरमा पठाउनु पर्छ ।

नगरस्तरीय समितिले तोकेको राहत प्याकेज मापदण्ड पुगेका व्यक्तिले पाउँछन् । राहत प्याकेजमा चामल, दाल, तेल, नून र साबुन रहेको छ ।   

यसै साता थाहा नगरपालिका वडा नम्बर १० मा नेपाल कम्युनिष्ट पाटी (नेकपा) वडा कमिटिले वडामा मास्क र साबुन बाँड्यो । कोरोना भाइरस  रोकथाम र नियन्त्रणका लागि उक्त सामाग्री वितरण गरिएको नेकपा वडा कमिटिले बतायो ।

विपदका बेला यसरी टोलटोलमा पुगेर सामाग्री बाँडेपछि नेपाली काँग्रेस सम्बद्ध व्यक्तिहरुले जथाभावी बाँड्नू नगरको नियम विपरित भने । आफ्नै शैलीमा विरोध गरे । उनीहरुको प्रतिक्रिया छ, जनप्रतिनीधिहरुलाई जानकारी नदिई नेकपाले राहत बाँड्यो । हामीले वडामा जानकारी गराएर मासक र साबुन बाँडेका हौ–नेकपा सम्बद्ध व्यक्तिहरुको तर्क छ ।  

कतिपयले यसलाई रहात भने त कसैले लोकप्रियताको संज्ञा दिएका छन् । यद्यपि एकद्वार नीतिको नेकपा १० नम्बर वडा कमिटिले उलंघन भने गरेकै हो ।

मास्क राहत नभए किन नगरमा बुझाएको ?

कोरोना भाइरसको महामारी शुरु भएपछि सबै स्थानीय तहहरुले आ–आफ्नै हिसाबले योजना बनाए कार्यान्वयन गरे । कतिपय स्थानीय तहले सहयोगको आव्हान गरे । मकवानपुर थाहा नगरपालिकाले पनि खुलेआम सहयोगको आव्हान नगरे पनि आएका सहयोगको व्यवस्थापन भने गरेको छ । 

स्थानीय संघसंस्थाले नगरले गरेको काममा होस्टेमा हैसे गरेकै छन् । यस सन्दर्भमा थाहा नगरपालिकालाई नेपाली काँग्रेसकी नेतृ तथा पूर्व जलस्रोत राज्य मन्त्री महालक्ष्मी डिना उपाध्यायले मास्क सहयोग गरिन् । उनले नगरपालिका कार्यलयमै आएर आठसय कपडाको मासक सहयोग गरेकी हुन् । नगर क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयंसेविका तथा कोरोना रोकथामका लागि सहयोग होस भनेर उनले मास्क सहयोग गरेको जनाइन् । 

नगरपालिकाबाट वितरण हुने सहयोग र सामाग्रीलाई एकद्वार निितमा सहयोग गर्दै उनले वडा तथा अन्य स्थानमा वितरण नगरी नगरमै प्रमुख र उपप्रमुखको माझ मासक हस्तान्तरण गरेकी हुन् । 

काँग्रेसले खाद्यन्न नै बाँड्यो

थाहा नगरपालिका वडा नम्बर १० मा नेकपा वडा कमिटिले मास्क र साबुन बाँडेको भोलिपल्टै नेपाली काँग्रेसले खाद्यन्न बाँड्ने निधो ग¥यो । दाल चामलको राहत प्यकेज बनाएर एकद्वार नीति फेरि भत्कियो  । काँग्रेस कार्यकर्ताहरुले नागरिकलाई दाल चामल दिए । 

थाहा–१० मा नेकपाले मास्क बाँडेको गल्ती भन्दै काँग्रेस पुनः गल्ती दोहो¥याउन अघि सरेको हो । नेपाली काँग्रेसका कर्ण गोपालीका अनुसार १८ परिवारलाई काँग्रेसले राहत बाँडेको छ । 

संघसंस्थाबाट पाटीले सिक्ने कि ?

राजनीतिक दल हिजो स्थानीय सरकार नहुँदा पनि गाउँका विकास चलाएका बलियो संरचना हुन् । राजनीतिक दलकै माथिल्लो निकायले नीति बनाउँछन्, त्यही नागरिकले पालना गर्ने हो । यासो भनिरहँदा उनीहरु नीति निर्माता पनि हुन् । आफैले बनाएको नीति आफैले तोड्नु कति न्याय संगत छ त्यो समिक्षाको विषय हो । 

तर, थाहा नगरपालिकाले वितरण थालेको राहतमा पालुङ जेसीजले पनि सहयोग गरेको छ । नगरपालिकाले तोकेको राहत प्याकेज आफैले तयार गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ । यो अरुले पनि सिक्ने कुरा हो । सामाजिक क्षेत्रमा काम गर्ने जेसीजले पनि त आफ्ना सदस्य वा जो कोहीलाई राहत दिन सक्थ्यो नि, तर त्यसो गरेन नगरपालिकामा बुझायो । उदाहरणीय काम गरेको छ । 

नगरमा अभिलेख छैन, दलको राहत

थाहा नगरपालिका वडा नम्बर १० मा नेकपाले वितरण गरेको भनिएको  मास्क र साबुन तथा नेपाली काँग्रेसले बाँडेको भनिएको दाल, चामलको अभिलेख नगरपालिकामा रहेको छैन । आ–आफ्नै ढंगले बाँडेको सामान वा खाद्यन्नलाई नगरले अभिलेख नराख्ने नै नीति छ । त्यसरी बाँडिएको सामाग्रीलाई नगरपालिकाले राहत भन्दैन । 

राहत वितरण कार्यविधि, २०७६ बमोजिम प्रक्रिया पुगेर आएका व्यक्तिलाई नगरपालिकाले जुनसुकै बेला राहत उपलब्ध गराउने नगरको नीति रहेको छ । एकद्वार नीति अपनाएर नगरपालिकामा सहयोग गर्ने संस्था वा दल सबैको अभिलेख अद्यावधिक गरेर नगरपालिकाले आफ्नो प्रतिवेदनमा समेट्ने गरेको छ । १० नम्बर वडामा वितरण गरिएको मास्क र साबुन, दाल अनि चामल राहत हो वा सहयोग ? यसको ब्याख्या लिने र दिनेले नै गर्ने हो । 


थाहा नगरपालिकाको ध्यानाकर्षण

थाहानगर भित्रका वडामा नगरपालिकामा जानकारी नगराई राहत तथा अन्य सामाग्रीहरु वितरण गरेको सम्बन्धमा नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयको १२ वैशाखको बैठकले ध्यानाकर्षण भएको निर्णय गरेको छ । वडाहरुमा कोही कसैले पनि राहत तथा सहयोग उपलब्ध गराउनु पूर्व नगरपालिकाको स्वीकृति लिएर मात्र गर्ने गराउने व्यवस्था मिलाउनु हुन सबैमा परिपत्र गरी पुनः स्मरण गराएको छ । साथे वडाहरूमा त्यस्ता गतिविधी हुन नदिन आवश्यक प्रबन्ध मिलाउन सबै वडाका वडाध्यक्षलाई जानकारी समेत गराएको नगरपालिकाले जनाएको छ । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०