Thursday, 10th September, 2026
वि.स.

राष्ट्र जोगाउन वामगठबन्धन आबश्यक–न्यौपाने

नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले राष्ट्र जोगाउन वाम एकता भएको बताएका छन् । वाम शक्तिहरुको बर्चश्व हुँदा हुँदै पनि वाम शक्तिहरु अलग अलग रुपमा रहेकोले देशले सोचजस्तो गति लिन नसकेको उनको भनाई थियो । १७ मंसिरमा हेटौंडा १६, १७ र १८ नम्बर वडाको हटियामा भएको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै न्यौपानेले अब नेपालीको सुखको दिनको सुरुवात भएको बताएका छन । चुनावपछि बन्ने बाम सरकारले समाजवादी कार्यक्रमको शुरुवात गर्ने बताउँदै उनले भने–‘ जनताका आधारभूत सेवामा राज्यको दायित्व बढाउँदै लैजान्छौं त्यसपछि कोही जनता अभावमा रुनु पर्दैन ।’

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले वामगठबन्धनको पक्षमा जनलहर आएपछि काँग्रेस–राप्रपा आत्तिएको बताए । हार निश्चित हुँदै गएपछि वामगठबन्धनका उमेद्वारहरु बिरुद्ध बिभिन्न कुप्रचारहरु गर्न थालेको उनको भनाई छ ।  त्यस्तै प्रदेश (क) का उमेद्वार प्रेमबहादुर पुलामीले स्थानियको माग अनुसार बिकास निर्माणका योजनाहरु अगाडि बढाउने बताए । आफू स्थानिय जतनासँग सदैब साथ रहेको बताउँदै जनताले आफूलाई बिश्वास गरेर यो भन्दा अगाडि बिजयी बनाएको बताउँदै अबको निर्बाचनमा पनि बिजयी बनाउने बिश्वास ब्यक्त गरे । 

नेकपा माओबादि केन्द्र १६ नम्बरका वडाध्यक्ष अभिनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य रामचन्द्र राई, एमाले अध्यक्ष मुनु सिग्देल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, प्रदेश सभा (क) का निर्बाचन परीचालन कमिटि संयोजक कमानसिंह पाख्रिन पृथक, सहसंयोजक कमल बिष्ट, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य अणराज जर्घामगर, नेकपा माओबादि केन्द्रका समानुपातिक उमेद्वार मानकुमारी नेपाली, एमाले नेता प्रल्हाद लामिछाने, बिष्णु दाहाल, नारायण सापकोटा, हेटौंडा १७ का वडाध्यक्ष भैरब राई, १८ का वडाध्यक्ष अनिल बानियाँ लगायत सहभागि थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०