Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि बर्खास्त

k-1623400003.jpg

गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ ।  बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिए । 

अध्यक्ष केसीले शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको जानकारी दिए । ‘शुक्रबार बिहान बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक बसेर थापालाई कारवाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहने गरी कारवाही गरेको पत्र प्रदेशमा पठाइएको छ’ अध्यक्ष केसीको भनाइ छ । 

जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ ।  आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारवाही सम्बन्धी पत्र पढेर सुनाएका छन् । 

जनमोर्चाले ह्वीप उल्लंघन गरेको भन्दै गत २० जेठमा पनि थापालाई पदमुक्त गरेको थियो । तर, थापा सर्वोच्च अदालत गएपछि उनको पद थमौती भएको थियो । थापाको रिटमा सर्वोच्चले २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०