nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रपति भण्डारीले ‘रुपचन्द्र्र’लाई यसरी सम्झिइन्

DSC_0308-1518139404.JPG

विकृति र विसंगति विरुद्ध आवाज उठाउन दिवंगत रुपचन्द्र विष्टको शिक्षको योगदान रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । राष्ट्रपति भण्डारीले रुपचन्द्र विष्टले शिक्षामा सर्वसाधारणको पहुँच बढाउन पु¥याएको योगदान अविस्मरणीय भएको भन्दै चर्चा गरिन् । मकवानपुर थाहानगरको जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

थाहा अभियानको विषयलाई लिएर थाहा नगरपालिका नामाकरण हुुनु खुशीको कुरा भएको उनले बताइन् । उनले थाहा आन्दोलनका प्रणेता, सामाजिक चेतना र जागरण अभियानका अभियन्ता स्व. रुपचन्द्र विष्टको कर्म स्थलमा आएर विज्ञान प्रयोगशाला भवन एवं स्वर्ण वर्षको स्तम्भ उद्घाटनको अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिदै विद्यालयको उन्नति र प्रगतिको कामना गरिन् ।

राष्ट्रपति भण्डारीले थाहा नगरको समृद्धिकोलागि रुपचन्द्र विष्टले तरकारी र आलुमा कर लगाएको र त्यसलाई सबै जनताले स्विकार समेत गरेकोमा खुशी व्यक्त गरिन् । उनले रुपचन्द्रले शिक्षाका लागि गरेका कार्यहरु प्रशंसा गरिन् । 

भण्डारीले जनकल्याण माध्यमिक विद्यालयबाट वि.सं. २०५९ सालमा एसएसी उतीर्ण विद्यार्थीहरुको आर्थिक सयोगमा निर्माण भएको ‘स्वर्ण स्मारक स्तम्भ’ को अनावरण गरिन् । उनले विद्यालय परिसरमा हालैमात्र निर्माण भएकोे कृषि प्रयोगशालाको पनि उद्घाटन गरिन् । कृषि प्रयोगशालाको उट्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयले निर्माण गरेको प्रयोगशाला मार्फत विद्यार्थीहरुले सोचे बमोजिमको लाभ लिन सक्ने बताइन् । 

समारोहमा राष्ट्रपति भण्डारीलाई थाहा नगर प्रमुख लवशेर विष्टले अभिनन्द गरे । अभिनन्दन गदै विद्यालयको तर्फबाट स्मृतिको चीनो प्रदान गरिएको थियो । स्वर्ण महोत्सव मूलआयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्ताको सभाध्यक्षतमा भएको कार्यक्रममा उपस्थित सम्पुर्णमा प्रधानाध्यापक सानोभाई कार्कीले स्वागत गरेका थिए । 

कार्यक्रममा प्रतिनीधिसभा सदस्य माननिय विरोध खतिवडाले रुपचन्द्र विष्ट कुनै बेला प्रधानाध्यापक भएको जनकल्याण मावि यस क्षेत्रको शैक्षिक गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे । उनले विद्यालयको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयको प्रगतीको कामना गरे । कार्यक्रममा प्रदेश सभा सांसद कुमारी मोक्तान, थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट लगायतको विशिष्ट आतिथ्य रहेको थियो । यसैबीच जनकल्याण माविबाट २०६७ सालमा एसएलसी दिने विद्याथीहरुले गरिव तथा जहेन्दार विद्यार्थीको लागि ३२ हजार रुपिया सहयोग गरेको अनन्त ढकालले बताए ।

स्वर्ण महोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रमको अन्तिम दिन २१ माघमा सप्ताह भरी सञ्चालन गरिएका कार्यक्रममा विभिन्न विधामा प्रथम हुन सफल र उत्कृष्ट ३ विद्यार्थीलाई सम्मान गरिएको छ । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत धेरै बिद्यामा प्रथम हुन सफल विद्यालयहरुबाट जनकल्याण मावि प्रथम, बागेश्वरी मावि द्धितीय र बज्रबाराही मावि तृतीय हुन सफल भएका छन । त्यस्तै झाँकी प्रदर्शनबाट जनकल्याण मावि प्रथम, सुन्दरी देबी मावि द्धितीय र झम्केश्वरी मावि तृतीय भएका छन । झाँकी प्रदर्शनबाट प्रथम, द्धितिय र तृतिय भएका विद्यालयलाई नगद सहित कदर पत्रले सम्मान गरिएको छ ।

राष्ट्रपतिबाट तीन जना सम्मानित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीनजना शिक्षासेवी सम्मानित भएकाछन् । थाहानगरको जनकल्याण माविको स्वर्ण महोत्सवको अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय झलकचन्द्र विष्टलाई मरणोपरान्त सम्मान गरिएको छ । 

त्यस्तै विद्यालयका पूर्व प्रधानाध्यापकहरु तुलसी थापा र शिवराज ढकाल राष्ट्रपतिद्वारा सम्मानित भएका हुन् । 
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।