Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राम्रो काम गर्न भिमफेदीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

मकवानपुर भीमफेदी गाउँपालिकाले गाउं पालीकाले सञ्चालन गर्ने योजना हरुको नियमित, ब्यबस्थित तथा पारदर्शी बनाउन नौ वटै वडामा उपभोक्ता पदाधिकारीलाई प्रशिक्षण सहित अभिमुखीकरण गरेको छ । भिमफेदीमा अभीमुखीकरण कार्यक्रमको समापन गर्दै प्रमुख अतीथी भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले अबको गाउँ संरचना बिकास भनेको पुल पुलेसा ताथ बाटोघाटो मात्र सोचमा नराखी आय स्तर बृद्धि, औसत आयु बृद्धि, शिक्षामा पहुँच तथा बाल मृत्यु दर घटाइ पोषण कार्यक्रमलाई बढावा दिने योजना बन्नु पर्ने चिन्ता ब्यक्त गरे ।

अध्यक्ष लामाले जनप्रतिनीधिलाई राती सपना हेर्न छाडी भीमफेदी बिकासका लागि दिउसै सपना हेर्नु पर्ने बताए ।  कार्यक्रममा सहजिकरणका लागी प्राबधिक इन्जिनियर ललित, सहायक इन्जिनियर जयराम चौलागाई लेखा सहजकिरण लेखापाल त्रिलोक थापा तथा योजना अध्याबधिक सम्बन्धि सहजकिरण गाउँपालिका योजना प्रमुख बद्रि सापकोटाले गरेका थिए । महिला तथा बालबालिका संयोजकले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता भीमफेदी गाउँपालिका ६ नंं वडा अध्यक्ष सिताराम थापाले गरेका थिए भने स्वागत ५ नंम्बर वडा अध्यक्ष जहार सिं लामाले गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्बती राना, जनप्रतीनिधि, निर्माण उपभोक्ता समितिका पदाधिकारी, बिभिन्न बिकास साझेदारी संघ संस्थाको प्रतीनिधिको उपस्थित रहेको थियो ।

–सुरेन्द्रराज थिके/भिमफेदी