Thursday, 10th September, 2026
वि.स.

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल

IMG_7641-1511523922.JPG

वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई केहि नहुने पुष्टि भैसकेको बताएका छन् ।  ८ मंसिरमा हेटौँडामा ९ मा भएको कोणसभामा बोल्दै उमेद्वार पौडेलले बिगतमा काँग्रेसको शासन र  पञ्चायती शासनबाट केहि नभएको बताए । बामपन्थीको नेतृत्वमा केहि उल्लेख्य काम सुरु भएको भन्दै अब स्थायी सरकारको लागि वाम गठवन्धनलाई मतदातन गर्न आग्रह गरे । नेपालमा वाम शक्ति सरकारमा भएको समयमा उल्लेख्य काम भएको भन्दै पौडेलले वाम शक्ति जिताउनको लागि सबै एक हुनुपर्नेमा जोड दिए । 

त्यसैगरी ८ मंसिरमा नै हेटौंडा ९ वडामा ¥याली सहित घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा मतदाताहरुले जितेपछि बिषेश गरी बिकास निर्माणका कामलाई प्राथामिकता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा पुर्ब साँसद अनन्त पौडेल, समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, प्रतिनिधि सभा क्षेत्र नम्बर एक निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई, जिल्ला समन्वय समतिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपममहानगर पालिकाका मेयर हरीबल महत, उपमेयर मिना लामा, ९ नम्बर वडा निर्बाचन परीचालन कमिटि संयोजक तिलक अधिकारी, सहसंयोजक प्रकाश पौडेललगायत नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु सहभागि थिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०