Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राप्रपा महाधिवेशनका लागि प्रतिनिधि छनोट, थाहानगरबाट राधाकृष्ण विष्टसहित ३ जना छानिए

raprapa-xanot-1637770524.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी १५ मंसिरदेखि ३ दिनसम्म हुने एकता महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं. २ बाट १० जनाको नाम छनोट गरी पठाइएको छ । उनीहरुमध्ये थाहा नगरपालिकाका ३ जना रहेका छन् । 

थाहा नगरपालिकाबाट एकता महाधिवेशनका लागि राधाकृष्ण विष्ट, बसुन्धरा पुडासैनी र शम्भुभक्त श्रेष्ठ चयन भएको राप्रपा मकवानपुरले जनाएको छ । 

मकवानपुर–२ बाट महाधिवेशनका लागि चयन भएका अन्य प्रतिनिधिहरुमा सानुमाया भुलुन, पूर्णिमा लोप्चन, शुकदेव विश्वकर्मा, दिपक श्रेष्ठ, ज्ञानेन्द्रराज ढुङ्गेल र बालकृष्ण कार्की रहेका छन् । 

पार्टीको सक्रिय सदस्यहरुमध्येबाट महाधिवेशन प्रतिनिधि छानिएको राप्रपा मकवानपुरले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०