Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राप्रपा मकवानपुरले भारतद्वारा जारी नक्सा जलायो

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर सम्बद्ध जनबर्गिय संगठनहरुले आज हेटौंडामा भारतद्वारा हालै जारी गरेको नक्सा प्रती असहमति जनाउदै जलाएको छ । हेटौंडा -५ सानोपोखरास्थित पार्टी कार्यालयबाट निस्केको र्‍याली बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारि, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युबक संगठनका केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले लगायतको सहभागीमा नाराबाजिका साथ जुलुस अघि बढेको थियो ।जुलुसमा सिमा अतिक्रमण बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, आत्मसमर्पणबाद मुर्दाबाद, बिस्तारबाद मुर्दाबाद जस्ता नारा लगाईएको थियो ।

  कोण सभालाई पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारी, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युबक संगठनका जिल्ला अध्यक्ष शुक्र प्रजा, महिला संगठनका अध्यक्ष बालकुमारी डल्लाकोटी, युबक संगठन हेटौंडा नगर अध्यक्ष भृगु कार्की लगायतले सम्बोधन गर्दै तत्काल कुटनैतिक तबरले समस्याको हल गर्नुपर्नेमा सरकार आत्मसमर्पणबादको दिशामा गएको भन्दै तिब्र आलोचना गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०