nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपा थाहानगर नयाँ संरचनामाः अध्यक्षमा कार्की निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थाहानगर समितिको अध्यक्षमा हरेराम कार्की निर्वाचित भएका छन् । साविक थाहा नगरपालिकालाई पुर्नसंरचना गरेपछि वृहत्त थाहानगरको अध्यक्षमा कार्की पुनः निर्वाचित भएका हुन् ।  कार्की साविक थाहानगरको समितिको अध्यक्ष नै थिए । थाहामा एकीकृत भएका आग्रा, चित्लाङ र टिष्टुङ तथा साविक थाहानगरका राप्रपाका कार्यकर्ताहरुबीच भएको वृहत्त भेलाले उनलाई अध्यक्षमा निर्वाभित गरेको हो ।

नगर समितिको सचिवमा प्रमोद केसी, सहसचिव नविन रायमाझी, कोषाध्यक्ष मान बहादुर लो, सहकोषाध्यक्ष कुमारी स्याङ्तान लगायत निर्वाचित भएका छन् । विस्तारित थाहानगर समिति २३ सदस्य भएको छ । 

अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष कार्कीले संचारकर्मीहरुसंग कुरा गर्दै अबको राप्रपाको अभियान जनताको विकासका लागि समर्पित हुने बताए । उनले भने जनतालाई घरघरमा सरकार पु¥याउने अभियान स्वरुप पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा लगाउने उनको भनाइ थियो । विकासका लागि सँधै अग्रसर हुने पार्टी राप्रपा नै भएको नवनिर्वाचित अध्यक्ष कार्कीले बताए । 

थाहानगरमा नयाँ संरचना अनुसार नगर समिति विस्तार गर्ने राप्रपा पहिलो पार्टी हो ।