nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राप्रपाका वडा अध्यक्ष नारायण थिङको नेतृत्वमा १ सय ४७ जना राप्रपा पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाको माओवादी केन्द्रका पार्टी जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।

राप्रपा त्यागेर प्रेमबहादुर घलान, औतारसिं लामा लगायतका पार्टी सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । भीमफेदी गाउँपालिका पार्टी कमिटि अध्यक्ष बद्रीबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्य प्रमिला पुलामी, लक्ष्मी पाख्रिन, वाईसियल केन्द्रीय सदस्य जीवन गोले लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य भीमफेदी गाउँपालिका पार्टी कमिटिका उपाध्यक्ष अप्सरा लोप्चनले व्यक्त गरेकी थिईन् ।