nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपाका अध्यक्ष कमल थापा संसददीय दलको नेता

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भएका छन् । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि संसदीय दलको नेता चयन गर्न आइतबार राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा बसेको थियो । यसैगरी संसदीय दलको उपनेतामा दीपक बोहोरा चुनिएका छन् । 

बैठकमा एकता हुनुअघिको राप्रपाका संसदीय दलका नेता दीपक बोहराले थापालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सांसदहरूले समर्थन जनाए ।

राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीको नाम ‘राप्रपा’ राखिएको छ । एकतापछि राप्रपाको संसदमा ३७ सिट भएको छ ।