Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

राजमो जिल्ला अध्यक्ष विष्ट माओवादीमा प्रवेश

Prabesh-1514600919.jpg

राष्ट्रिय जनमोर्चाका मकवानपुरका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विष्ट काठमाण्डौमा भएको सामान्य कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उनी संगै मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट पनि माओवादीमा प्रवेश गरेका छन् । दुवै जनालाई माओवादी पाटी अध्यक्ष पुष्पकमल प्रचण्डले टीका लगाएर प्रवेश गराएका थिए ।

 पार्टी प्रवेश कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, नारायणी यातायात व्यवशायी संघका सरोज खनाल, माओवादीका विष्णु विष्ट ‘आदर्श’,  मकवानपुर १ (क) की प्रदेश सभा सदस्य कुमारी मोक्तान लगायत सहभागी थिए । 

राजमो मकवानपुर अध्यक्षबाट माओवादीमा प्रवेश गरेका लक्ष्मण विष्टले फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । उनले जीवन भनेको के हो ? कतिको विचार अनुसार जीवन भनेको संघर्ष हो, संघर्ष गर्दै बिताउनु नै जीवन हो भनेका छन् । उनले लेखेका छन्– "संघर्षमा कहिले हाँस्नु पर्छ त कहिले अलि फरक हुनु जीवन रहेछ सधै उस्तै गतिमा मा नि जीवन न चल्दो पनि रहेछ। समुन्द्रको छाल जस्तै कहिले कुन कुनामा पुग्ने कहिले फेरि जहाको तहि भेट पनि हुने यो जीवन रहेछ राजनीती जीवनमा आजसम्म २०४९ देखि २०७४ सम्म अखिल छैठौं हुँदै हाल सम्म राजमोमा काम गरियो, २०७४/०९/१४ गते माओबादी केन्द्रमा प्रवेश गरियो । "

लक्ष्मण विष्टले यस्तो लेखे फेसबुकमाः



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg