nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

राजमो जिल्ला अध्यक्षमा स्याङ्तान, विष्ट र गोले निलम्बन

थाहा नगरपालिकाको पालुङमा राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्ला भेलाले निर बहादुर स्याङ्तानलाई अध्यक्षमा निर्वाचित भएका छन् । भेलाले उपाध्यक्ष क. ओविन्द्र बहादुर लुइँटेल, सचिव दिनेश बिष्ट, कोषाध्यक्ष  शोभा गोपली, सदस्यहरुमा कृष्ण बहादुर गोले, बिक्रम बिष्ट, सरु सुनार, दिपक के.सी. निर्वाचित भएकाछन् । 

राष्ट्रिय जनमोर्चाका  दिनेश बिष्टको अध्यक्षतामा भएको भएको भेलाको संचालन निर बहादुर  सिन्तानले गरेका थिए । कार्यक्रममा दिलराज मुक्तानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

भेलामा अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की , अखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर बिष्ट, सचिव शुभराज गोले लगायतले भेला  सफलता शुभकामना व्यक्त गरेका थिए । भेलाले उत्तर बहादुर गोपली, दुर्गा बहादुर कार्की र. गुप्त बहादुर कार्की रहने गरी सल्लाहकार समिति पनि गठन गरिएको छ ।

यसैबीच भेलाले संगठनको हित विपरित कार्य गरेकोले राष्ट्रिय जनमोर्चा मकवानपुरका निवर्तमान  अध्यक्ष लक्ष्मण विष्ट  र सचीव  रत्न बहादुर गोलेलाई राष्ट्रिय जनमोर्चाको साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्ला सम्मेलन २०७४ माघ ६ गते  बनभोज कार्यक्रम सहित थाहा नगपालिकाको पालुङमा गर्ने निर्णय गरेको छ भने राष्ट्रिय जनमोर्चाको सदस्य तथा रक्तिम सास्कृतिक अभियान मकवानपुरको सदस्य संगम कार्कीको असामायिक निधनप्रति शोक व्यक्त गर्दै शोकाकुल  परिवारजनमा समाबेदना व्यक्त गरेको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)