nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश

पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिकामा वाम गठवन्धनको चुनावीसभा सम्पन्न भएको छ । राक्सीराङ गाउँपालिका वडा न ८ देविटारमा भएको चुनावी सभामा गत बैशाखमा सम्पन्न स्थाननिय तह निर्वाचनमा राप्रपाको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बनेका तुलबहादुर रुम्बा सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै वाम गठवन्धनको तर्फबाट क्षेत्र नंबर २ का उम्मेद्वार विरोध खतिवडाले देशको विकास वाम गठवन्धनबाट मात्र संभव हुने बताए । लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरु विकासको भ्रम छर्न सक्रिय भएको आफुले सुनेको भन्दै खतिवडाले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको कांग्रेस र राप्रपाले देशलाई कयाँै वर्ष पछि धकेल्ने काम गरेको बताए ।

कार्यक्रममा सोहि निर्वाचन क्षेत्र अन्र्तगतका प्रदेशसभा उम्मेद्वार राजाराम स्याङ्तान, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, वाम नेताहरु ओम घलान, पिभि गोले, महेश बर्तौला लगाएतको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)