Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राक्सिराङ काँग्रेस–राप्रपा छोडेर ५२ जना बाम गठबन्धनमा

राक्सिराङ–नेपाली काँग्रेस र राप्रपा परित्याग गरी राक्सिराङ गाउँपालिकामा ५२ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको आयोजनामा भएको संयुक्त बैठक तथा प्रशिक्षण भेलामा उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडाले प्रवेश गराएका हुन् । 

प्रवेश हुनेहरुमा गरी पूर्णबहादुर मोक्तान, जयबहादुर स्याङ्तान, मदन मुक्तान, बीबहादुर ब्लोन, पूर्णबहादुर ब्लोन, पुड्के स्याङ्तान, पूर्णबहादुर लामा, प्रेमबहादुर लामा, सिंहराम स्याङ्तान, भीमबहादुर ब्लोन, कृष्णबहादुर मुक्तान, दुर्गा विक, प्रकाश डिम्डुङ समेत रहेका छन् । बाम गठबन्धन राक्सिराङ गाउँपालिकाका संयोजक बनस्तम थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा २ का उम्मेदवार बिरोध खतिवडा, प्रदेश सभाका उम्मेदवार राजाराम स्याङ्तान, माओवादी केन्द्रका रामहरि सुवेदी, प्रदीप घलान, खुसीलाल चेपाङ,  एमालेका पीवी गोले, लालबहादुर थापा, कृष्णबहादुर चेपाङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०