Wednesday, 25th November, 2026
वि.स.

राक्सिराङमा फिल्ड अफिसर पदमा रोजगारीको अवसर

hflu_-v'Nof]-(3)-1795590020.jpg

२२ मंसिरसम्म आवेदन दिन सकिनेथाहा टाइम्स संवाददाताथाहा नगर, १० मंसिर ।मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित परियोजनाका लागि फिल्ड अफिसर पदमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएको छ ।

‘दिगो विकासका लागि एकता नेपाल’ ले लिस्चा हिमालय (LiScha Himalaya e.V.) को आर्थिक सहायतामा राक्सिराङमा सञ्चालन गरिरहेको ‘एजुकेसन, हेल्थ एण्ड लाइभ्लीहुड सपोर्ट प्रोजेक्ट इन राक्सिराङ’ (Education, Health and Livelihood Support Project in Raksirang) अन्तर्गत कर्मचारी माग गरेको हो।

`छनोट हुने उम्मेदवारले राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित सिलिङ्गे फिल्ड कार्यालयमा नियमित रूपमा कार्य गर्नुका साथै कार्यक्षेत्रमा सञ्चालित कार्यक्रमको नियमित अनुगमन गर्नुपर्ने संस्थाले जनाएको छ।

योग्यता र आवश्यक कागजात

इच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, दुई पाङ्ग्रे (मोटरसाइकल) सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको र कम्प्युटरमा कार्य गर्न सक्ने अतिरिक्त सीप हुनुपर्ने उल्लेख छ। आवेदनका साथमा निवेदन, व्यक्तिगत विवरण (CV), शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित क्षेत्रमा काम गरेको कार्यअनुभव पत्र पेश गर्नुपर्नेछ।

आवेदन दिने मिति र प्रक्रिया

योग्य तथा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति ८ मंसिर, २०८३ देखि १५ दिनभित्र अर्थात २२ मंसिर, २०८३ अपराह्न ३:३० बजेसम्म आवेदन दिइसक्नुपर्नेछ। आवेदकले संस्थाको शाखा कार्यालय राप्ती–१, चितवनमा स्वयं उपस्थित भएर वा संस्थाको आधिकारिक इमेल ठेगाना usdnepal@ymail.com मार्फत कागजात पठाउन सक्नेछन्। उम्मेदवारको छनोट लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिने र पारिश्रमिक संस्थाको नियमानुसार हुने संस्थाले जनाएको छ।

थप जानकारीका लागि संस्थाको सम्पर्क नम्बर ९८५५०६८६३८ वा ९७४२५५९७०१ मा सम्पर्क गर्न सकिनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०