nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रहस्य
बिर्खे अञ्जाल

Birkhu-1621430640.jpg

फेरि सरकारले तेलको भाउ बढायो रे नि बुढा । पुरानो मूल्यमा सामान बिक्री गर्ने होइन नि। कमाउने समय यही हो । सधैं मैले मात्रै सम्झाउनु पर्छ भन्ने छैन । यसो कैले त आफ्नो बुद्धि पनि प्रयोग गर्ने बानी बसाल्नु नि ।लक्ष्मीले सुत्ने बेलामा धनबहादुरलाई अर्थ्याइन् ।बूढो मौन बस्यो केही बोलेन।भोलि पल्ट पसल अगाडि धनेले ठुलो बोर्ड झुण्डायो , र त्यहाँ लेख्यो -हरेक सामानको १०% छुट। ग्राहकको भीड लाग्यो ।केही दिनमा सबै सामाग्री रित्तियो।

घरमा सबैको मुख कालो थियो ।छोरो केही बोल्न चाहान्थ्यो तर आँट थिएन। "पढायो पढायो पाठ ,सोह्र दुनी" आठ मैले भनेको के लाग्थ्यो र ! व्यापार गर्न बसेको भए पो , दान गर्नेलाई मैले के भन्नू ? श्रीमतीको यस्तो गनगन सुनेर पनि उसको मौनता भङ्ग भएको थिएन। समयले त्यो घाउको पनि खाटा पसाल्यो ।बिस्तारै घरपरिवारले त्यो घटना बिर्सियो।दुई महिनापछि फेरि कोरोनाको महामारीले छिमेकी राष्ट्रमा भयावह रूप लिएको समाचार आयो ।बेलुकी खाना खाने समयमा छलफल सुरु भयो । किराना पसलमा व्यापार राम्रो फस्टाएको छ।भारतमा कोरोना फैलिएपछि नेपालमा पनि त्यसको असर पर्छ। कमाएको केही हिस्सा दुःखी पीडित र रोगीलाई दिएर हाम्रो केही बिग्रिदैन।नगदै दिन नसकिए पनि हाम्रो गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरि ५०% छुटमा चलाउँनु पर्छ। लक्ष्मीले आफ्नो मनसाय प्रकट गरिन्। छोराले हो मा हो थप्यो। धनबहादुर केही बोलेन। भोलि पल्ट " द्रुत यातायात सेवा "को भाडादर भारीरूपमा वृद्धि भएको खबर पत्रिकामा छापियो ।फेरि घरमा रडाको मच्चियो। हैन तिम्रो दिमागमा गोबर भरिएको छ क्या हो । कि मरेपछि पनि सम्पत्ति सँगै लाने बिचार छ हँ ? मैले जे भन्छु त्यसको उल्टो मात्रै गर्नुपर्छ। श्रीमतीको कटाक्ष सुन्यो तर प्रतिकार गरेन। १५ दिनपछि नेपालमा कोरनाले भयावह रूप लियो ।एम्बुलेन्सले बिरामी बोकेर भ्याएन।धनबहादुरले साविक रेटबाट ५०% छुटमा आफ्नो गाडी दिने घोषणा गर्यो।सबैतिर निकै चर्चा भयो ।

समाजसेवीको पगरी पनि पायो ।त्यो एकाएकको परिवर्तन देखेर लक्ष्मीले भनिन्- हैन बूढा ढिलैभए पनि तपाईंको चेत खुल्यो ।म खुशी छु।आखिर सेवा नै धर्म हो । कुटिल मुस्कानमा धनबहादुरले मुख खुल्यो- तिमीहरूले ,मैले केही जानेको छैन जस्तो नठाने पनि हुन्छ । डेट नाघिसकेको पुरानो सामान भएर १०% छुटको योजना सार्वजनिक गरेको थिए ।त्यो कुरा बुझिनौ र मलाई करायौ ।गाडीको पनि पहिला नै रेट पढाइ सकेकोले , अहिले घटाउँदा मलाई कुनै घाटा पर्दैन। समय अनुकूल नयाँ जुक्ति उपनाउँनु पर्छ भन्ने कुरा मैले बिद्यार्थीकालमै अर्थशास्त्रबाट सिकेको छु। यो कुराले लक्ष्मी अक्क न बक्क भइन् ।उनी केही भन्न खोज्दै थिइन् श्रीमान हिडिसकेको थियो ।