nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु

pic6_ENQ05NyqCk-1695304360.jpg

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा शिक्षक महासङ्घका प्रतिनिधिबीच गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

वार्तामा विभिन्न मन्त्रालयका सचिव पनि रहेका छन् । यस्तै शिक्षक महासङ्घको तर्फबाट महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि सहभागी छन् ।
यसअघि आज बिहान पनि गृह मन्त्रालयमा वार्ता भएको थियो । तर निष्कर्ष निस्किएको थिएन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक आन्दोलन छाड्न आग्रह गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने अडान लिएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)