nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राहत शिक्षकले काठमाडौंमा आन्दोलन चर्काउने, जिल्लाबाट अरुलाई पनि बोलाइयो

teacher-barata_fyyyKqSlln-1695390378.jpg

शिक्षक महासंघ र सरकारबीचको वार्तामा राहत शिक्षकलाई धोका भएको भन्दै आन्दोलन जारी राख्ने भएका छन्।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने बरु आन्दोलन जारी राख्ने बताएका छन्।

राहत शिक्षक समितिका केन्द्रीय वरिष्ठ सह-अध्यक्ष नवीन धामीले राहत आफूहरुका माग पूरा गर्न शिक्षक महासंघ र सरकार उदाशीन देखिएकोले वार्ता बहिष्कार गरिएको जनाएका छन्।

उता अध्यक्ष अधिकारीले सबै राहत शिक्षहरुलाई काठमाडौं नछोड्न आग्रह गरेका छन्। अहिले राहत शिक्षकहरुको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ।

‘आज शिक्षक महासंघ र सरकारबीचको वार्तामा राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गर्नुभएको थियो। तर राहत शिक्षकको पक्षमा महासंघ र सरकार उदाशीन देखिएकोले वार्ता बहिष्कार गरिएको छ’, समितिका वरिष्ठ सह-अध्यक्ष धामीले भने, ‘सबै राहत शिक्षक मित्रहरु काठमाडौं नछोड्न हुन अनुरोध छ। केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछौँ।’

धामीले काठमाडौं आउन बाँकी सबै राहत शिक्षकहरुलाई पनि अनिवार्य काठमाडौं आउन आह्वान गरेका छन्। उनले यसलाई अन्तिम संघर्ष भएकाले अब निष्कर्षमा नपुगी नरोकिने पनि बताएका छन्।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)