nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नगरप्रहरीको लिखित परीक्षाको नतीजा प्रकाशित(नतीजासहित)

Thahaa-nagarpalika-162277-1692615885.jpg

थाहा नगरपालिकाले नगर प्रहरीको लिखित परीक्षाको नतीजा प्रकाशन गरेको छ । आज सोमबार विहान लिइएको लिखित परीक्षाको आजै नतीजा प्रकाशन गरिएको हो ।

नतीजा अनुसार नगर प्रहरी सहायक निरीक्षक(असइ)मा ३ जना, नगर प्रहरी हवल्दारमा ४ जना र नगर प्रहरी जवानमा २ जना लिखित परीक्षा उत्तीर्ण भएका छन् । प्रथम चरणको शारीरिक तन्दुरुस्ती परीक्षाबाट दोस्रो चरणको लिखित परीक्षाका लागि असइमा ६ जना, हवल्दारमा ११ जना र जवानमा ३ छनोट भएका थिए ।

लिखित परीक्षामा उत्तीर्णहरुको अब तेस्रो चराण्को परीक्षाअन्तर्गत् अन्तरवार्ता हुनेछ । अन्तरवार्ता ५ भदौ विहान ७ः३० मा नगरपालिकाको कार्यालयमा हुने थाहा नगरपालिकाले जनाएको छ ।

थाहा नगरपालिकाले १ जना नगर प्रहरी सहायक निरीक्षक, २ जना नगर प्रहरी हवल्दार र १ जना नगर प्रहरी जवानको लागि विज्ञापन खुलाएको थियो । 

हेर्नुहोस् नतीजा : 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)