Monday, 17th June, 2024
वि.स.

कृषिगणनाको नतिजा सार्वजनिक, कृषिकार्य गर्ने जग्गामा कमी

Untitled-1_aI9toaGvJA-1694141358.jpg

राष्ट्रिय तथ्यांक कार्यालय (साविकको केन्द्रीय तथ्यांक विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा २१ भदौमा सार्वजनिक गरेको छ।

कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। अघिल्लो कृषिगणना, २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार छ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो।

यसैगरी यस कृषिगणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो। पछिल्लो जनगणनाअनुसार मुलुकमा जम्मा घरपरिवारको संख्या ६६ लाख ६६ हजार रहेको छ।

कार्यालयले विसं २०१८ देखि हरेक १०–१० वर्षमा कृषिगणना गर्दै आएको छ। कार्यालयले २०७८ साल चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ गतेसम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्यांक  संकलनकार्य सम्पन्न गरेको थियो।

तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यसहित ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ सञ्चालित यो राष्ट्रिय कृषिगणना, २०७८ संघीयतापछिको पहिलो कृषिगणना हो।

कृषिगणना, २०७८ अनुसार कृषक परिवारले १२ लाख नौ हजार दुई सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ। यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४ दशमलव पाँच प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ। तर अघिल्लो कृषिगणनामा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशतमात्र थियो।

विगतका गणनामा जस्तै यस गणनामा पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली २५ लाख ८६ हजार एक सय ८३ हेक्टरमा लगाएको पाइएको छ भने अन्य बालीहरूमा क्रमशः कोसेरदाल बाली एक लाख ९९ हजार आठ सय ४४ हेक्टर, तेल बाली एक लाख ८० हजार एक सय ४१ हेक्टर, तरकारी बाली एक लाख सात हजार सात सय ३३ हेक्टर, कन्दमुल बाली एक लाख चार हजार सात सय ३७ हेक्टर, मसला बाली ५६ हजार आठ सय ९३ हेक्टर र नगदे बाली ४४ हजार छ सय नौ हेक्टरमा रहेको पाइएको छ।

नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार आठ सय ५७ बाट बढेर ३४ लाख पाँच हजार १४ हुन पुगेका छन्। यस गणनामा गाईगोरुको संख्या करिब ४६ लाख, रागाभैँसीको संख्या करिब २९ लाख, बाख्रारखसीरबोकारच्याङ्ग्राको संख्या करिब एक करोड ४२ लाख, सँगुररबङ्गुररबँदेलको संख्या करिब १४ लाख, कुखुराको संख्या करिब चार करोड ५१ लाख हुन आएको देखिन्छ। यो गणनाले उन्नत गाई र भैँसीको संख्यामा उल्लेखनीय वृद्धि भएको देखाएको छ।

कृषिकार्यका लागि ट्याक्टर प्रयोगमा दोब्बरले वृद्धि

कृषिगणना, २०६८ ले आठ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यका लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना, २०७८ ले यो संख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ। यसैगरी यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखनीयरूपमा गिरावट आएको देखिन्छ।

कृषिगणना, २०७८ ले ४२ हजार आठ कृषक परिवारले ४८ हजार सात सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ। यसरी माछापालन गरिएका पोखरीहरूको कुल क्षेत्रफल १० हजार तीन सय ८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ। अघिल्लो कृषिगणना, २०६८ ले यस्ता कृषक परिवारको संख्या १७ हजार एक सय ९१, पोखरीको संख्या २१ हजार दुई सय ७७ र पोखरीको जम्मा क्षेत्रफल दुई हजार पाँच सय १९ हेक्टर देखाएको थियो।

यो गणनाको प्राप्त नतिजाले १७ हजार पाँच सय ५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ। गणनाको प्राप्त नतिजाअनुसार एक लाख ९६ हजार आठ सय ५४ कृषक परिवारले पाँच लाख १० हजार चार सय १४ वटा घारमा मौरीपालन गरेको पाइएको छ। अघिल्लो कृषिगणना, २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या एक लाख २४ हजार एक सय ५० पाइएको थियो।

यो गणनाको प्राप्त नतिजाले १० हजार तीन सय ७५ कृषक परिवारले पाँच सय ९७ हेक्टर जग्गामा पुष्पखेती÷नर्सरीखेती गरेको देखाएको छ। कृषिगणना, २०७८ अनुसार एक लाख ८२ हजार चार सय ४१ ९चार दशमलव चार प्रतिशत० कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन्। यसरी बीमा गरेकामध्ये सबैभन्दा बढी एक लाख ५३ हजार नौ सय ६२ ९८४ दशमलव चार प्रतिशत० कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन्।

यस गणनाबाट प्राप्त नतिजाअनुसार तीन लाख आठ हजार पाँच सय १२ ९सात दशमलव पाँच प्रतिशत० कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सबैभन्दा बढी एक लाख ४२ हजार पाँच सय ७६ ९४६ दशमलव दुई प्रतिशत० कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्।

यो गणनाका अनुसार ९७ हजार एक सय ७४ कृषक परिवारले चार हजार छ सय ५९ दशमलव दुई हेक्टर जग्गामा हरितगृहरटनेल पद्घतिबाट खेती गरेको पाइएको छ। कृषिगणना, २०६८ अनुसार मुख्य कृषकमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला रहेका थिए भने कृषिगणना, २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७ दशमलव छ प्रतिशत र महिलाको हिस्सा बढेर ३२ दशमलव चार हुन पुगेको देखिन्छ।

सत्तरी प्रतिशत कृषकको मुख्य आम्दानीको स्रोत कृषिकार्य

यो गणनाले ७० दशमलव चार प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३ दशमलव एक देखाएको थियो। गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना, २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए।

गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८ दशमलव आठ प्रतिशत, सबै बिक्रीका लागि हो भनी बताउने एक दशमलव एक प्रतिशत, मुख्यतः घरायसी उपभोग र केही बिक्रीका लागि हो भनी बताउने २४ दशमलव सात प्रतिशत र मुख्यतः बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने पाँच दशमलव चार प्रतिशत रहेको देखिएको छ।

जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषिकार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)