Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रमौली–प्रतापपुरलाई सौराहाभन्दा राम्रो बन्नेछ : एकराज उप्रेती

बस्ती स्थानान्तरण गरेर राप्तीवारि सारिएको मनहरी गाउँपालिका वडा नं ७ रमौली र वडा नं ६ प्रतापपुर बस्तीलाई सौराहभन्दा राम्रो र आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने नेकपा एमालेका नेता एकराज उप्रेतीले बताएका छन् । 

मनहरी ७ रमौलीस्थित टोल सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नजिकै रहेको नदीनाला तथा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रका जंगली जनावरहरुको अवलोकन समेत गर्न सक्ने स्थानलाई मध्यनजर गरी पर्यटकीय क्षेत्रको रुपमा विकास हुनुपर्ने बताएका हुन् । उनले हरेक घरमा होमस्टे निर्माणसहित पर्यटकीय क्षेत्र बनाउँदा आर्थिक सम्बृद्धि हुने बताए । 

एमालेसँग मनहरी गाउँपालिकालाई समुन्नत र सम्बृद्ध बनाउने भिजन रहेको भन्दै उनले यहाँको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गरी व्यवस्थित गर्दै युवाहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । एमालेले पानी, खानी र जवानीलाई उपयोग गरी आत्मनिर्भरताको बाटोमा लैजानका लागि अहिले एजेण्डा बनाइरहेको उनको भनाई थियो । 

कार्यक्रममा जिल्ला कमिटी सदस्य नवराज सुवेदी, गौतम लामा, गाउँपालिका संगठन कमिटीका सदस्य बिमला कार्की, नवीन सुवेदी, ७ नं वडा अध्यक्षका उम्मेदवार रघुनाथ रुम्बा, सदस्यका उम्मेदवारहरु सरस्वती परियार, मीरा मल्ल, इन्द्रकुमारी मुक्तान र भीमसेन खड्काले मन्तब्य व्यक्त गरेका थिए । रघुनाथ रुम्बाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी एकदर्जन मानिसहरु एमालेमा प्रवेश गरेका थिए ।