Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको सपथ

Yoges-1564565290-1564573601.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीमा नियुक्त गरेका थिए ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिलिम्सना लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्री भट्टराईले आजै कार्यभार सम्हाल्ने छन् । उनी पहिलो पटक मन्त्री भएका हुन् ।गएको प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए ।