Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यि हुन् भान्साका मसलाको औषधिय गुण !

masala-1613797911.jpg

तरकारीलाई स्वादिलो बनाउनका लागि धेरै प्रकारका मसलाहरूको प्रयोग गरिन्छ । यस्ता मसलाहरूले तरकारीको स्वाद मात्र बढाउने नभई स्वास्थ्यमा पनि निकै फाइदा पु¥याउँछन् । बेसार, धनियाँ, जीरा, ज्वानो, ल्वाङजस्ता मसलाले स्वास्थ्यमा विशेष फाइदा पु¥याउँछन् ।

बेसार 

बेसारले रगत सफा गर्छ । कफ कम गराउँछ । चिसोबाट बचाउँछ । यसमा एन्टी सेप्टिक, एन्टी बायोटिक, एन्टी एलर्जिक एवं एन्टी फंगल गुण हुन्छन् । यसले पीडा कम गर्न पनि सहयोग गर्छ ।

जीरा 

जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ ।

रायो 

रायोले पेटको कीरा मार्छ । पेटमा ग्याँस बन्न दिँदैन र पाचन क्रिया दुरुस्त बनाउँछ ।

धनियाँ 

धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब पोल्ने समस्यालाई ठीक गर्छ ।

ल्वाङ 

ल्वाङमा एन्टी सेप्टिक गुण हुन्छ । यसले मुखको दुर्गन्ध हटाउँछ । पाचन शक्ति बढाउँछ र एसिडिटी हटाउन सहयोग गर्छ ।

सुकुमेल 

सुकुमेलले एसिडिटी हटाउँछ । बढी खाना खाँदा हुने छटपटीलाई सुकुमेलले छिनभरमै हटाइदिन्छ ।

मरिच 

मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक पनि जाग्छ ।

हिङ 

हिङले पेटमा ग्याँस भरिने समस्या हटाउँछ । तर यो खाँदा मात्रामा विशेष सतर्क हुनुपर्छ । यसले गर्भवतीलाई फाइदा नगर्नसक्छ । साथै यो धेरै खाइयो भने हड्डीमा समेत असर पुग्छ ।

मेथी 

मेथीले पेटमा ग्याास भरिने समस्यामा राहत दिलाउँछ । मधुमेह, जोर्नी दुख्ने समस्या तथा पाचन प्रणालीसम्बन्धी समस्यामा फाइदा गर्छ । कपालका लागि पनि मेथी राम्रो मानिन्छ ।

ज्वानो 

ज्वानो पनि पेटका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । यसले पेटको कीरा मार्छ । रुघाखोकीको समस्या छ भने यसको सेवनले फाइदा गर्छ ।

नुन

खानेकुरामा नुन भएन भने स्वाद हुँदैन । विशेष गरी दालतरकारीमा नुन नहाली हुँदैन । खाना स्वादिलो हुनका लागि नुन ठिक्क हुनुपर्छ । कम वा बढी भयो भने खाना बेस्वादिलो हुन्छ । अझ नुन चर्को भयो भने त खानै सकिँदैन । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)