Wednesday, 26th August, 2026
वि.स.

यातायातमा अबरोधप्रति संघको ध्यानाकर्षण 

उद्योग संघ मकवानपुरले चाडपर्वको समयमा उद्योगका उत्पादनहरु उपभोक्तामा पु¥याउनुपर्नेमा यातायातकै साधनहरु ठप्प भएकोप्रति गम्भीर चिन्ता ब्यक्त गरेको छ ।

संघका अध्यक्ष नवराज अर्यालले ४ असोजमा एक अपील पत्र जारी गर्दै नेपालीहरुको महान पर्व दशैं नजिकिदै गर्दा यातयात ठप्प हुँदा उद्योगीहरु मारमा परेको बताएका छन् । यातयातका साधनहरु संचालनमा नआउदा उद्योगबाट हुने आयात निर्यातको काम समेत ठप्प भएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

बजारमा देखिएको यस्ता समस्या तत्काल समाधान गरी परिस्थिति सहज बनाउन पनि अर्यालद्वारा जारी गरिएको अपील पत्रमा सम्बन्धित निकायकोहरुको ध्यानाकर्षण गराईएको छ । यातयातका साधन तत्काल संचालनमा ल्याउने बातावरण बनाउन पनि संघले सम्बन्धित पक्षहरुसँग आग्रह गरेको छ ।

हेर्नुहोस अपिलः



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif