nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ राष्ट्रपति सीको भ्रमण तालिका

Ceee-1570849060.jpg

चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोज अपरान्ह दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार नेपाल आउन लागेका हुन् ।

सरकारले उनको स्वागतका लागि सबै तयारी तगरेको छ । काठमाडौं उपत्यकाका सडकहरुमा रंगरोगन गरिएको छ । त्यस्तै ठाउँठाउँमा बगैँचा निर्माण गरिएको छ भने फूलहरु पनि राखिएका छन् ।

दुई दिवसीय राजकीय भ्रमणका क्रममा नेपाल आउन लागेका सी शुक्रबार भारत भ्रमणमा गएका थिए । शुक्रबार भारत भ्रमणमा गएका सी शनिबार अपराह्न नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ ।


यस्तो छ सीको भ्रमण तालिका

शनिबार

  • ५ः०० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
    विमानस्थलमै सैनिक सलामी अर्पण
    सी सोल्टी होटल प्रस्थान
  • ६ बजे– राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
  • ६ः३० बजे– राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
  • ७ः१५ बजे– प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
  • ७ः३० बजे– राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार

  • १०ः३० बजे– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता
  • ११ः३० बजे– प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
  • १ः०० बजे– स्वदेश फिर्ता

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)