Monday, 15th June, 2026
वि.स.

यस्तो छ नेपाल र चीनले जारी गरेको १४ बुँदे संयुक्त वक्तव्य (पूरा पाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमण चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ । भेटपछि दुबै देशको संयुक्त वक्तव्य जारी गरिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवर्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।  भेटपछि जारी गरिएको वक्तव्यमा मकवानपुर थाहा नगरपालिका-९  चित्लाङमा निर्माण प्रक्रिया थालिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि सहयोग गर्ने उल्लेख छ । वक्तव्यको बुँदा नम्बर ६ को अन्तिम हरफमा यस्तो कुरा उल्लेख छ । 

नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरी सहमत भइसकेको छ । पूर्वाधार समितिका लागि यो आर्थिक वर्ष रु १० करोड विनियोजित गरिएको छ । समितिले ललितपुरको सैँबुका सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ ।

पढ्नुहोस् वक्तव्यको पूर्णपाठ:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०