nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय

parbat-gurung-1-1605881037.jpg

कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले केही नियुक्ति र बढुवा गरेको छ । ५ मंसिरमा सार्वजनिक उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ ।

बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गरेको छ ।

बैठकले अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ गतेदेखि लागू हुने गरी चार वर्षको लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा. सोराया स्टेला कारो भरगासलाई चार वर्षको लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

हेर्नुहोस् निर्णय:

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)