Wednesday, 17th June, 2026
वि.स.

यसवर्ष बाढी पहिरोले २६२ को मृत्यु

 यसवर्ष चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुने वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ ।

गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाए । उनीहरुमा १३५ पुरुष र १११ महिला छन् । यस्तै, १९० जना घाइते भएका छन् भने २० जना हराइरहेका छन् । कुल ३७५ परिवार पहिरोबाट प्रभावित भएको मन्त्रालयको तथ्यांक छ ।

बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् । उनीहरुमा १० जना पुरुष र ६ जना महिला छन् । यस्तै, बाढीमा परेर ५ जना घाइते छन् भने २० जना हराइरहेका छन् । कुल ६२४ परिवार बढिबाट प्रभावित भएका छन् ।

गत वर्षको यही अवधिमा पहिरोबाट ७९ जनाले ज्यान गुमाएका थिए भने ७७ जना घाइते भएका थिए । यसैगरि, दुई हजार नौ सय ९३ परिवार प्रभावित भएका थिए । बाढीबाट ७२ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । तीन हजार ५२ परिवार प्रभावित भएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०