nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

म नभएको भए हेटौंडाबाट राजधानी सरिसक्थ्यो : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरेका छन् ।  उनले आफू मुख्यमन्त्री नभएको भए हेटौंडामा प्रदेशसभाको पहिलो बैठक भन्दा नबस्ने भन्दै अब स्थायी हुन् पक्का भएको जिकिर गरे ।

‘म मुख्यमन्त्री नभएको भए एक दिन बैठक बसेर राजधानी जान्थ्यो, मै भएको भएर राजधानी हेटौंडामै १५ महिना रहयो अब स्थायी बन्छ’ उनले भने  । मंगलबार हेटौंडा एफएमको १४ औं वार्षिक उत्सवमा उनले प्रदेश सरकारले काम गर्न सकेन भन्नु गलत भएको बताए । उनले प्रदेश सरकार बाटो बनाउँदै दौडने तयारीमा रहेको भन्दै अब स्थायी मानसिकताका साथ सरकारको काम देखिने दावी गरे ।

प्रदेश सरकारले सोचेको भन्दा धेरै काम गरेको भन्दै मुख्यमन्त्री पौडेलले कसैले काम भएको छैन भनेमा आफू जवाफ दिन तयार रहेको बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)