Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मेयरको उमेद्वारीः थाहामा रायमाझी हेटौंडामा लामिछाने

नयाँ शक्ति पार्टीले मकवानपुरको थाहा नगरपालिकामा ज्योति रायमाझीलाई मेयर उम्मेद्वार बनाउने भएको छ । थाहामा उपमेयरको उमेद्वार भने खडा गर्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा उमेद्वारी दिन तयार भइसकेको छ । मेयरमा प्रल्हाद लामिछाने र उपमेयरमा पुनम भट्टराई चयन भएको नयाँ शक्ति मकवानपुरले जनाएको छ । 

लामिछाने पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएका पूर्व सांसद हुन् भने रायमाझी पहिलो संविधान सभा निर्वाचनका पराजित उमेद्वार हुन् । पहिलो संविधान सभा निर्वाचनमा लामिछाने नेकपा माओवादी र रायमाझी जनमोर्चा पार्टीमा आवद्ध थिए ।