Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुख्यमन्त्री पौडेल र सभामुख श्रेष्ठबिच संसद संचालनको विषयमा छलफल

DMM-1588515394.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा भवनको निरीक्षण गरेका छन् । २१ वैशाखमा  प्रदेशको राजधानी हेटौंडा १० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि भवनको अवलोकन गरेका हुन् ।  अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबिच भौतिक दुरी कायम गरेर बैठक संचालन गर्ने बिषयमा छलफल भएको थियो । 

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरीने सभामुख श्रेष्ठले जानकारी गराए । बजेट ल्याउने समय भएकोले प्रदेश सभा आव्हान गर्न जरुरी रहेकोले संसद बोलाउने तयारी स्वरुप भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेश सभा बोलाउने तयारी भइरहेको बताए । निति तथा कार्यक्रम र बजेट ल्याउने बिषयमा प्रदेश सरकारले छलफल गरिरहेको छ ।

मुख्यमन्त्री पौडेलसङ्ग आन्तरिक मामिला तथा कानुनमन्त्रीशालिकराम जम्कट्टेल, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियालगायत प्रदेश सभा भवन निरीक्षणमा गएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०