nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 12th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुख्यमन्त्री पौडेलद्वारा भीमफेदी–इपा सडकको अनुगमन

11-1574511315.JPG

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन रहेको भीमफेदीदेखि ईपा सम्मको सडकको अवलोकन गरेका छन् । अवलोकनका क्रममा निर्माणधिन रहेको सडकलाई समयमा नै निर्माण सक्न आग्रह पनि गरे । 

यो सडकलाई काठमाण्डौ जान विकल्पका रुपमा समेत प्रयोग गरिने उनले जानकारी दिए । यो सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।  २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । उक्त सडक निमार्ण भए पछि भिमफेदी गाँउपालिकाका स्थानीयहरु लावान्भित हुने छन भने काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुनसक्ने छन् । यसले सिस्नेरी–फाखेल हँुदै चल्ने सवारी साधनहरुले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्नेछन् । 

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख बिमल किशोर केवी, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा लगायतको सहभागिता रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)