nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुख्यमन्त्री पौडेलद्वारा निर्माणधिन बहुप्राविधक महाविद्यालय निरीक्षण

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माणस्थलनको निरिक्षण गरेका छन् । अवलोकनका क्रममा निर्माण कम्पनीसंग कामको प्रगतीबारे जानकारी लिए ।  

निर्माण प्रकृयामा कुनैपनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गरे । महाविद्यालय निर्माणका लागि गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा उनले द्रुत गतिमा काम गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएका थिए । बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिषेश चासोका साथ हेरेको बताए । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जिबन उपयोगी हुने उनले बिश्वास ब्यक्त गरे ।

बिबिध कारणले लामो समय रोकिएको योजना जती सक्दो चाँडो सक्न पनिआग्रह समेत गरे । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा निगरानी गर्ने समेत बताएका थिए । उनले ढिलासुस्ती हुन नदिने भन्दै बिहान, बेलुकोका समय मिलाएर निगरानी गर्ने बताए । अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको पनि सहभागिता रहेको थियो । शिलान्यास भएदेखि नै जमिन सम्याएर ‘बेस’ तयार गर्ने काम सुरु गरिएको छ ।

२०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ । भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)