Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुख्यमन्त्रीद्वारा मकवानपुरगढी निरीक्षण

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार मकवानपुरगढीको निरिक्षण गरेकाछन् । यहि माघ १० गते राष्ट्रपति विद्यादेबी भण्डारी ऐतिहासिक मकवानपुरगढीमा आउने भएपछि भैरहेको तयारीको बिषयमा जानकारी समेत लिनुभएको छ । माघ १० गते विजय उत्सबको कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी मकवानपुरगढि आउने भएकी हुन् ।

बिक्रम सम्बत १८१९ माघ १० गते बंगालबाट आएका फौजमाथि पृथ्बीनाराण शाहको फौजले बिजय प्राप्त गरेको दिनलाई बिजय उत्सब मनाउन थालिएको थियो । बिजय उत्सबको तयारीको काम तिब्ररुपमा भईरहेको मकवानपुरगढि गाउ“पालिकाका अध्यक्ष बिदुर हुमागाईंले जानकारी दिए । हाल पुरानो गोरख गणका गणपति अनिल बुढाथोकीको टिम सहित गाउ“पालिकाले विजय उत्सबका लागि बिभिन्न तयारी गरिहरको छ । गढिमा अहिले सरसफाई तथा मर्मतको कामहरु भईरहेको अध्यक्ष हुमागाईंले जानकारी दिए ।

निरिक्षणमा मुख्यमन्त्री पौडेलसंगै ३ नम्बर प्रदेशमा प्रमुख सचिब आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिब रमेश शिवाकोटी सहभागि थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)