Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुक्ति समाज राक्सिराङ गाउँपालिकामा नेपाली

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राक्सिराङ गाउँपालिका स्तरीय संगठन कमिटी निर्माण भएको छ । सरिखेतमा आयोजित भेलाबाट राजु नेपालीको संयोजकत्वमा गाउँपालिका कमिटी गठन गरिएको हो । कमिटीको सहसंयोजकमा राजकुमार बिक र सचिवमा राजकुमार नेपाली चयन भएका छन् । कमिटी ११ सदस्यीय बनेको संयोजक राजु नेपालीले बताए ।

भेलामा एमाले जिल्ला कमिटी सदस्य तथा राक्सिराङ गाउँपालिका संयोजक लालबहादुर थापा, मुक्ति समाजका केन्द्रीय सदस्य गणेश रसाइली, जिल्ला अध्यक्ष रत्नलाल विक, एमाले राक्सिराङ गाउँपालिका सचिवालय सदस्य बाबुलाल स्याङ्तान, मुक्ति समाजका सल्लाहकार प्रेम नेपाली, जिल्ला सदस्य सरस्वती परियार लगायतको सहभागिता थियो ।

उनीहरुले आगामी स्थानीय तहको निर्वाचनमा दलित सहभागिता अनिबार्य गरिएकाले योग्य र क्षमतावान् दलित नेताहरुलाई स्थानीय तहमा लैजानका लागि मुक्ति समाजले महत्वपूर्ण र प्रभावकारी सहजीकरण गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण राजकुमार नेपालीले गरेका थिए ।