Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माले जनसमाजवादी मकवानपुर जिल्ला समिति नै नेकपा एमालेमा प्रवेश 

नेकपा माले जनसमाजवादी मकवानपुरको जिल्ला समिति नै नेकपा एमालेमा प्रवेश गरेको छ । हेटौंडामा १७ चैत्रमा एक कार्यक्रमकाबीच माले समाजवादीका अध्यक्ष सन्तोष घिमिरे सहित सहित सम्पूर्ण जिल्ला कमिटि एमालेमा समाहित भएको छ । 

एमाले केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य बिरोध खतिवडा, एमाले मकवानपुरका पदाधिकारीहरुले नव प्रवेशीलाई अबिर र खादा लगाएर एमालेमा स्वागत गरेका थिए । 

कार्यक्रम एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको हो । 

एमालेको एजेण्डाले मात्र मुलुकले गति लिने भएकोले आफूरु एमालेमा प्रवेश गरेको घिमिरेले प्रतिक्रिया दिए ।