Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मालेका ४० विद्यार्थी र युवा प्रवेश गरे एमालेमा

नेकपा माले सम्बद्ध विद्यार्थी संगठन र प्रगतिशिल युवा संघका ४० जना विद्यर्थी तथा युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । २६ कार्तिकमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच युवा तथा विद्यार्थी एकसाथ एमालेमा प्रवेश गरेका हुन् ।

एमाले नेता तथा मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद दाहाल तथा पार्टि अध्यक्ष मुनु सिग्देलले पार्टी प्रवेश गरेकाहरुलाई टिका लगाई स्वागत गर्नुभयो । कार्यक्रममा बाम गठबन्धनले मात्रै देशमा अब निकाश दिने उहाँले बताउनुभयो । बाम गठबन्धनले बहुमत ल्याउने बताउँदै उम्मेदवार दाहालले अबको स्थायी सरकारले मात्रै देशको विकास गर्ने भएकाले स्थायी सरकारका लागि आगामी निर्वाचनमा बाम गठबन्धन रोज्न अनुरोध गर्नुभयो । कार्यक्रममा प्रगतिशिल युवा संघका जिल्ला कमिटिका सदस्यहरु रबिन अर्याल, सुरेश रसाईली, सुवास थिङ, श्रीकृष्ण महत, राजु पुडासैनी, सरोज तामाङ, सरोज पौडेल, शिरोजराज जोशी लगायत  जिल्ला कमिट, नगर कमिटि तथा वडा कमिटिका ४० जनाले आफू एमालेमा प्रवेश गरेको जानकारी गराएका थिए ।

कार्यक्रमा नेताहरु जिल्ला सदस्य देबराज रीमाल, इश्वर ढुंगाना, क्षेत्र नम्बर एक ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई, माओबादि केन्द्रका लबराज ठकुरी, एमालेका ध्रुब चौलागाई, बिशालराज महत लगायत सहभागि थिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०