nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माधव नेपालको अध्यक्ष पद र ओलीको विस्तारित सदस्य चैट !

madhav-kumar-nepal-1611538754.jpg

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई कानूनी मान्यता दिएन । यसले थुप्रै साइड इफेक्टहरुसहित नेकपाका दुवै समूहभित्र नयाँ कम्पन आएको छ ।

आयोगको निर्णयले सबैभन्दा ठूलो चोट पुगेको छ, माधव नेपाललाई । प्रचण्ड पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै उनको स्थानमा नेपाललाई मनोनीत गरेको थियो । तर, आयोगले यसलाई मान्यता नदिएर ‘नेकपामा साविककै विवरण कायम रहने’ निर्णय गरेपछि उनको अध्यक्ष पद स्वतः अवैध भएको छ । उनी तत्काललाई फेरि वरिष्ठ नेतामा झरेका छन् ।

प्रचण्ड–माधव पक्षको गत ७ पुसमा बसेको केन्द्रीय समिति बैठकले पहिलो अध्यक्ष केपी ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्षमा मनोनीत गरेको थियो । नेकपाकाे विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । केन्द्रीय समितिको बहुमतले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाएको सो समूहले बताए पनि आयोगले त्यसलाई विधिसम्मत ठहर गरेन । र, नेपालले मनोनीत भएको ३३ दिनमा अध्यक्ष पद गुमाएका छन् ।

प्रचण्ड–माधव पक्षको हिजो बसेको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । तर, अध्यक्षबाट हटाइएको निर्णय नै अवैध भइसकेपछि साधारण सदस्यबाट हटाउने निर्णयको कानूनी औचित्य रहेन ।

ओलीले गरेको विस्तार पनि अमान्य

ओली पक्षले इतर समूहका कुनै नेतालाई निष्काशन गरेको थिएन । उसले अध्यक्ष प्रचण्डको कार्यकारी अधिकार खोसेको थियो भने विधान संशोधन गर्दै साविकको केन्द्रीय समितिलाई विस्तार गरेको थियो ।

५ पुसमा बसेको ओली पक्षको बैठकले पार्टीको ४४१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गर्दै ११ सय १९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । पछि फेरि थप गरेर १५ सय १ पुर्याइएको थियो । यी दुवै विस्तार तत्कालका लागि अमान्य भएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)