Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

माघ ४ बाट भत्केला २५ मीटर ?

निजी घर टहरा भत्काएर सडक विस्तार गर्न सरकारले दिएको १५ दिने म्याद सकिएको छ । ३ माघमा सरकारले दिएको म्याद सकिएको हो । सडक विभागको स्वीकृत प्राप्त नगरी महेन्द्रराजमार्गको धन्सार पुल (बारा) देखि मकवानपुरको लोथर तथा त्रिभूवन राजपथको विरगञ्ज भन्सारदेखि मकवानपुरको दामेचौरसम्मको क्षेत्रको दायाँ बायाँ २५÷२५ मीटर क्षेत्र खाली गर्न डिभिजन सडक कार्यालय हेटौंडाले १५ दिन अघि सूचना गरेको   थियो । 

मकवानपुरको सदरमुकाम हेटौंडामा सरकारी संरचना भत्काएपछि सर्वसाधारणका लागि डिभिजन कार्यालय हेटौंडाले सूचना जारी गरेको थियो । म्याद सकिएको भोलिपल्टबाटै सडक फराकिलो पार्ने काम थालनी गर्ने डिभिजन सडक कार्यालय हेटौँडाले जानकारी दिएको छ । डिभिजन प्रवक्ता जयराम अधिकारीका अनुसार–४ माघ विहान ८ बजेबाटै निजी टहरा भत्काउन थालिनेछ । उनका अनुसार– राप्ती पुल क्षेत्रबाट सडक फराकिलो पार्ने काम सुरु गरिने छ । 

यस्तो थियो १५ दिन अघिको सूचना:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०