nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी बकैया गाउँपालिका सम्मेलनको तयारी पूरा

नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका सम्मेलनको तयारी पुरा भएको छ । यही १८ फागुनमा हुने सम्मेलनको तयारी पुरा भएको हो । 

बकैयाको महेन्द्र उच्च मावि छतिवनमा हुने सम्मेलनमा बकैया गाउँपालिकाको १२ वटा वडाबाट क्रियाशिल सदस्य २० जना बराबर एक प्रतिनिधि, जनवर्गीय संगठनहरु शिक्षक बुद्धिजीवीबाट १० जना, वाईसिएलबाट १० जना, किसानबाट २ जना, महिलाबाट ५ जना, दलित र विद्यार्थीबाट ५–५ जना गरि २ सय ५५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । कार्यक्रममा माओवादीका अन्य नेता कार्यकर्ताको समेत आतिथ्यता रहने नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

कुल प्रतिनिधि संख्याको २० प्रतिशत परिवेक्षक रहने कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहनेछ । त्यस्तै बकैया गाउँपालिकाभित्रका २५ जना जनयुद्धका शहिदहरुलाई श्रद्धासुमन अर्पण गरिने बताइएको    छ ।

माओवादी केन्द्र बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन डोल्माको अध्यक्षतामा कार्यक्रम हुन लागेको हो । सम्मेलनले नयाँ कार्य समिति समेत चयन गर्नेछ ।