Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादी केन्द्रबाट मेयरमा बल सिफारिस

jjj-1490943119.png

नेकपा माओवादी केन्द्रले अब हुने स्थानीय तहको चुनावको लागि   हेटौंडा उपमहानगरपालिकाको मेयरमा बलराम बललाई सिफारिस गरेको छ ।  । पार्टी जिल्ला सचिवालय बैठकले मेयरमा  बल र उपमेयरमा कमला पौडेललाई सिफारिस गरेको हो । 
सिफारिस गरेका उम्मेदवारबारे प्रदेश कमिटिले टुंगो लगाउने छ । मेयरमा सिफारिस भएका  बल माओवादी केन्द्रका केन्द्रीय सदस्य, जिल्ला कार्यालय सदस्य र उपमहानगरपालिका ईन्चार्ज हुन् । त्यस्तै उपमेयरमा सिफारिस भएकी पौडेल केन्द्रकी केन्द्रीय सल्लाहकार र भातृसंगठन क्रान्तिकारी महिला संघकी जिल्ला अध्यक्ष हुन् ।
पार्टीले केही दिनमा थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको उम्मेद्वारको समेत टुंगो लगाउने जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए ।