nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी केन्द्रको थाहानगर सम्मेलन : उद्घाटनमा कसले के भने

IMG_20211127_200144-1638022631.jpg

 नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य  लीलामणि पोखरेलले २०६४ सालकाे पहिलो संविधानसभा बाट देशकै ठूलो पार्टी बन्दा पनि माओवादीले जनआन्दोलनको उपलब्धि  रक्षा गर्न नसकेको बताएका छन् । 

नेकपा माओवादी केन्द्र थाहानगरकाे प्रथम नगर सम्मेलनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । सम्मेलनलाई सम्बाेधन गर्दै नेता पाेखरेलले  माओवादीले खोजेको ब्यबस्था अझै आइनसकेको जिकिर गरे । 'त्यसकाे लागि  अर्को आन्दोलनको खाँचो छ' उनले भने । 

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले थाहाका जनता नै जनमुखी भएको बताए । उनले अबकाे  नेतृत्व समाबेशी हुनुपर्ने धारणा राखे ।            

कार्यक्रममा बागमती प्रदेशका  सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अब बन्ने नगरको नयाँ नेतृत्वले पार्टीलाई नया ढंगले अघि बढाउनुपर्नेमा जाेड दिइन् ।                      

शुभकामना मन्तव्य दिँदै माओवादी केन्द्रका सल्लाहकार परिषद सदस्य भुवनप्रकाश बिस्टले उर्जाशील ब्यक्तिहरुले नै पार्टी हाँक्ने भएकोले योजनाबद्ध तरिका र दस्तावेजमा आधारित भएर पार्टी चलाउन र बिकास निर्माणमा पनि पार्टीलाई जोड्दै लैजान आग्रह गरे।

पार्टीका जिल्ला अध्यक्ष  प्रेमबहादुर पुलामीले समाजबादी ब्यबस्था ल्याउने अभियानमा माओवादी लागेको र अझै समाजवाद आइनसकेकाे बताए । 
      
उद्घाटन सत्रमा बाेल्दै नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले सम्मेलनले जुझारु नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । उनले नेपालका कम्युनिष्टहरू एक हुनुपर्नेमा जाेड दिए ।  

कार्यक्रममा जसपाबाट पुरानै  घर फर्किएका ज्योति रायमाझीले पद र प्रतिष्ठा भन्दा बिचार ठूलो हुने भएकोले लाभको पदभन्दा बिचारको राजनीति गर्न आग्रह गरे । 'राजनीतिमा तारबार लगाउन हुँदैन' उनले भने ।