Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी केन्द्रको इन्द्रसरोवर गाउँपालिकामा समिक्षा कार्यक्रम

नेकपा माओवादी केन्द्रले गाउँ समाजलाई भ्रष्टरहित समाज बनाउने अभियानमा लाग्न गाउँपालिका स्तरीय नेताकार्यकर्ताहरुलाई सुझाव दिएको छ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको कार्यक्रममा माओवादी पोलिट व्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी (छिन्तु)ले यस्तो सुझाव दिएका हुन् । 

ईन्द्रसरोबर गाउँपालिकामा निर्वाचन विशेष समिक्षा तथा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै पुलामीले देश नयाँ युगमा प्रबेश गरेको भन्दै अब समाजलाई सम्पन्न समृद्धीको दिशामा लैजान सबै सचेत गाउँबासीहरुको प्रमुख दायित्व हुने बताए । 

कार्यक्रममा पदाधिकारीहरुले पार्टीको सबल पक्ष र असबल पक्षबारे  समिक्षा गरेका थिए । साथै पार्टीको आत्मगत पक्ष बिषयक समिक्षात्मक रिपोर्टहरु प्रस्तुत गरिएको पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)ले जानकारी दिए ।

कार्यक्रम पार्टीका गाउँपालिका इन्चार्ज अरुण रायमाझीको सभाध्यक्षता तथा पार्टी पोलिट व्युरो सदस्य तथा जिल्ला संयोजक पुलामीको प्रमुख आतिथ्यतामा भएको हो ।