Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादी ईन्द्रसरोवर गाउँपालिका कमिटिलाई प्रशिक्षण

नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिका कमिटिको प्रशिक्षण बैठक कुलेखानीको खानीखेतमा सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा प्रशिक्षण बैठक भएको हो ।

प्रशिक्षण बैठकमा उपस्थित माओवादी केन्द्रका गाउँपालिका कमिटिका वडा अध्यक्षहरुले पार्टीको आत्मागत र वस्तुगत राजनितिक अवस्था तथा साँगठानिक अवस्था बारे रिपोर्ट गरेका थिए । पार्टीले अहिले बाम गठबन्धन गरी जाने निर्णय गरेको प्रति उनीहरुले सकरात्मक टिप्पणी गरेको पार्टी कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

सहभागीहरुले बाम गठबन्धनप्रति आम जनमास समेत सकरात्मक भएको बताए । बाम गठबन्धनलाई सफल बनाउन आफुहरु तयारीका साथ लागिपर्ने बताए । प्रशिक्षण विक्रम मोक्तानको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बोल्दै पुलामीले बाम गठबन्धनलाई जिताउनका लागि सबै शक्ति एक भएर लाग्ने बताए । बाम गठबन्धन अहिले देशको आवश्यकता रहेको र यो कोही कसैप्रति लक्षित नभई समृद्धि र समाज विकासको लागि भएको बताए । उनले बाम गठबन्धनलाई सफल बनाउन सबै कमिटि एकताबद्ध भएर लाग्न समेते निर्देशन दिए



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०