nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादीको मन्त्रीमा कस–कसको नाम फाइनल ?

काँग्रेस सभापति शेरबहादुर देउवाले ताजा जनादेशपछि पनि सरकार छाड्न आनाकानी गरिरहेका बेला माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरुको तीव्र चलखेल सुरु भएको छ ।

माओवादीमा मन्त्री बन्न कनिष्ठदेखि वरिष्ठ नेतासम्म चलखेलमा लागेका हुन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा पार्टीका सिनियर र नतिजामुलक काम गरेर देखाउन सक्ने क्षमतावानलाई मात्र मन्त्री बनाउने सोचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । लाजिम्पाट उच्च श्रोतका अनुसार माओवादी नेता वर्षमान पुनको नेतृत्वमा सरकारमा जाने सम्भावना बढी छ । पुन प्रचण्डका विश्वासपात्र मानिन्छन् ।

यद्यपि टोपबहादुर रायमाझी र जनार्दन शर्माले समेत पार्टीका तर्फबाट सरकारमा जानेको नेतृत्व लिन चाहेका छन् । ओली सरकारमा पुन, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत मन्त्री बन्ने करिब पक्काजस्तै छ । पटकपटक मन्त्री हुन लोभ देखाएको भन्दै आलोचित भएका कृष्णबहादुर महरा स्वयंलाई यसपटक मन्त्री बन्ने रहर छैन ।

उनले सभामुखमा आँखा लगाएका छन् । यस्तै मन्त्रीमा नुवाकोट–१ बट पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गरेका नेता हितबहादुर तामाङको समेत बढी सम्भावना रहेको स्रोतले बतायो । मोरङबाट अर्का पूर्वअर्थमन्त्री काँग्रेसका महेश आचार्यलाई पराजित गरेका युवा नेता अमनलाल मोदी पनि मन्त्रीका प्रवल दाबेदार छन् । ओली सरकारमा माओवादीले १० मन्त्रालय पाउने सहमति भइसकेको स्रोतले बतायो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)