nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादीको मनहरी गाउँपालिका सम्मेलन सम्पन्न

मनहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको मनहरी गाउँपालिका कमिटि सम्मेलन सम्पन्न भएको छ । पार्टीका जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले रामप्रसाद कालाखेती अध्यक्ष रहने गरी ४५ सदस्यीय कमिटि चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा गोबिन्द घलान, सचिवमा संजिव पाठक, सह–सचिवमा प्रल्हाद परियार र कोषाध्यक्षमा बिमला घलान चयन भएको पार्टीका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

गाउँपालिका ईन्चार्ज रामहरी सुवेदीको अध्यक्षतामा सम्मेलन भएको हो । कार्यक्रममा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी, कार्यालय सदस्य बलराम बल, वाइसिएल केन्द्रीय सचिव प्रकाश पाण्डे, बीरबहादुर घलान, कमलचन्द्र सुमन, वाइसिएल मनहरी गाउँपालिका अध्यक्ष दिपेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)